Home विचार ‘गुटबन्दी नहटाइए पुराना ताराहरूको योगदान व्यर्थ हुनेछ, कांग्रेसको भविष्य अन्धकार’

‘गुटबन्दी नहटाइए पुराना ताराहरूको योगदान व्यर्थ हुनेछ, कांग्रेसको भविष्य अन्धकार’

by नेपाल पल्स
0 comments

२७ पुस, काठमाडौं । राजनीतिज्ञ जयप्रकाश प्रसाद गुप्ताले नेपाली कांग्रेसभित्रको गुटबन्दी अन्त्य नभए कांग्रेसको भविष्य अन्धकारमय हुने बताएका छन् ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आजदेखि विशेष महाधिवेशन सुरु हुन लागेको परिदृश्यमा राजनीतिज्ञ गुप्ताको यस्तो भनाइ बाहिर आएको हो । यो विशेष महाधिवेशलाई पार्टी सभापति शेरबहादुर देउवा पक्षले असंवैधानिक भन्दै आइरहेको छ ।

कांग्रेसभित्र गुटबन्दीको समस्या विगतदेखि वर्तमानमा पनि जारी रहेको भन्दै उनले हालका युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मा पार्टीभित्र लोकतान्त्रिक सुधारको प्रयास गरिरहे पनि शेरबहादुर देउवा गुटले उनीहरूलाई दबाउने प्रयास गरिरहेको उनले बताए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, ‘यो गुटबन्दीको समस्या पुरानो मात्र होइन, वर्तमानमा पनि जारी छ । जस्तै, हालका युवा नेताहरू जस्तै गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र लोकतान्त्रिक सुधारको प्रयास गरिरहेका छन्, तर देउवाको गुटले उनीहरूलाई पनि दबाउने प्रयास गरेको देखिन्छ ।’

पार्टीभित्रको गुटबन्दीले कांग्रेसलाई मात्रै नभएर नेपालको सम्पूर्ण राजनीतिक परिदृश्यलाई नै कमजोर बनाएको उनको बुझाइ छ ।

उनले अगाडि  लेखेका छन्, ‘यो गुटबन्दीले कांग्रेसलाई मात्र होइन, नेपालको सम्पूर्ण राजनीतिक परिदृश्यलाई कमजोर बनाएको छ, किनकि पार्टीको जनरल कन्भेन्सनहरू डिले हुने र नेतृत्व सेन्ट्रलाइज्ड हुने प्रवृत्तिले लोकतन्त्रको मूल मर्मलाई नै चुनौती दिइरहेको छ।  यदि यो गुटबन्दी नहटाइए भने, पुराना ताराहरूको योगदान व्यर्थ हुनेछ, र कांग्रेसको भविष्य अन्धकारमय हुन सक्छ ।’


Discover more from Nepalpulse

Subscribe to get the latest posts sent to your email.

You may also like

Leave a Reply

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .