Home मुख्य समाचार राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र विशिष्ट पदाधिकारीद्वारा पुष्पगुच्छा अर्पण

राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र विशिष्ट पदाधिकारीद्वारा पुष्पगुच्छा अर्पण

by नेपाल पल्स
0 comments

२७ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ ।

सिंहदरबारको पश्चिमद्वारस्थित पृथ्वीनारायण शाहको सालिक रहेको चोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको छ । यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको हाे।

सोही समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । यसैगरी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सम्मानसहित पुष्पगुच्छा अपर्ण गर्नुभयो

। समारोहमा मन्त्रीगण, राष्ट्रियसभाका सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि, निजामती एवं जङ्गी सेवाका विशिष्ट श्रेणीका अधिकृतसहित आमसर्वसाधारणको उपस्थित थिए। सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अपर्ण गरेको छ ।

राष्ट्रिय पोसाकसहित राष्ट्रिय झण्डा र राष्ट्रनिर्माता शाहको तस्बिर अङ्कित ‘प्ले कार्ड’ बोकी भद्रकाली मन्दिरसहित सहरका विभिन्न स्थानबाट बाजागाजाका साथ निस्केको जुलुस सालिकमा पुगी समारोहमा परिणत भएपछि सम्मान अर्पण कार्यक्रम सुरु भएको हो । तस्वीर राससः

प्रधानमन्त्री सुशीला कार्की आइतबार ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम द्वारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस
परराष्ट्रमन्त्री बालानन्द शर्मा आइतबार ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम द्वारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्नुहुँदै । तस्बिरः नवीन पाैडेल/रासस

आमसर्वसाधारणका तर्फबाट राष्ट्र निर्माताप्रति सम्मानसहित पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम अहिले पनि जारी छ ।


Discover more from Nepalpulse

Subscribe to get the latest posts sent to your email.

You may also like

Leave a Reply

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .