काठमाडौँ । ट्राफिक सप्ताहका अवसरमा रासस संवाददाता विष्ट सम्मानित ‘सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का काठमाडौँ समाचारदाता विमलबहादुर विष्टलाई नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्मान गरेका छन् ।
आज आयोजित कार्यक्रममा महानिरीक्षक कार्कीले ट्राफिक सचेतना अभिवृद्धि, ट्राफिक प्रहरीका गतिविधि तथा सार्वजनिक हितसँग सम्बन्धित समाचार सम्प्रेषणमा महत्वपूर्ण योगदान पु¥याएकामा विष्टलाई प्रशंसापत्रसहित सम्मान गरका छन्।
गत भदौ २३, र २४ ,गते काठमाडौँमा भएको जेनजीयुवाको प्रदर्शनका क्रममा प्रदर्शनकारीद्वारा आगजनी भई पूर्ण रूपमा जलेर नष्ट भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको घटनालाई प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्नाका साथै त्यसको पुनर्निर्माण प्रक्रिया, ट्राफिक व्यवस्थापनमा परेको असर र प्रहरीको पुनःस्थापनाको प्रयासलाई निरन्तर उजागर गरेबापत विष्ट सहितका व्यक्तिलाई सम्मान गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
सम्मानित रासस समाचारदाता विष्टले आफूलाई प्राप्त सम्मानप्रति आभार व्यक्त गर्दै सार्वजनिक सरोकारका विषयमा सत्य, तथ्य र जिम्मेवार समाचार सम्प्रेषण गर्न सदैव प्रतिबद्ध रहने बताए।
उनले ट्राफिक प्रहरी र आमनागरिकबीच पुलको भूमिका खेल्ने पत्रकारिताको जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त जनाउए ।
Discover more from Nepalpulse
Subscribe to get the latest posts sent to your email.