Home समाचार कुमारी बैंकको एटिएम फोडेर भाग्ने दुई जना पक्राउ

कुमारी बैंकको एटिएम फोडेर भाग्ने दुई जना पक्राउ

by नेपाल पल्स
0 comments

काठमाडौँ । कुमारी बैंकको एटिएम मेसिन तोडफोड भएको छ । बैंकको ललितपुर महानगरपालिका-१४ टुटेपानीस्ति शाखाको एटिएम मेसिन तोडफोड भएको हो ।

बुधबार राति सवा ११ बजेको समयमा बैंकको एटिएम मेसिन तोडफोड भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताएका छन् ।

जोशीका अनुसार रातिको समयमा वरपर कोही नभएको मौका छोपेर दुई जनाले बैंकको एटिएम मेसिन तोडफोड गरेका थिए । एटिएम मेसिन तोडफोड भइरहेको सूचना पाएपछि प्रहरी वृत्त सातदोबाटोको टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी आएका थाहा पाएपछि भाग्दै गर्दा ललितपुर सुनाकोठीका १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोकका १८ वर्षीय सुनिल विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


Discover more from Nepalpulse

Subscribe to get the latest posts sent to your email.

You may also like

Leave a Reply

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .