153
काठमाडौँ । कुमारी बैंकको एटिएम मेसिन तोडफोड भएको छ । बैंकको ललितपुर महानगरपालिका-१४ टुटेपानीस्ति शाखाको एटिएम मेसिन तोडफोड भएको हो ।
बुधबार राति सवा ११ बजेको समयमा बैंकको एटिएम मेसिन तोडफोड भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताएका छन् ।
जोशीका अनुसार रातिको समयमा वरपर कोही नभएको मौका छोपेर दुई जनाले बैंकको एटिएम मेसिन तोडफोड गरेका थिए । एटिएम मेसिन तोडफोड भइरहेको सूचना पाएपछि प्रहरी वृत्त सातदोबाटोको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी आएका थाहा पाएपछि भाग्दै गर्दा ललितपुर सुनाकोठीका १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोकका १८ वर्षीय सुनिल विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Discover more from Nepalpulse
Subscribe to get the latest posts sent to your email.