Home समाचार ‘ज्येष्ठ नागरिक सम्मान र संरक्षण राज्यको दायित्व’

‘ज्येष्ठ नागरिक सम्मान र संरक्षण राज्यको दायित्व’

by नेपाल पल्स
0 comments

गण्डकी । पोखरामा आज आयोजित एक कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान र संरक्षण राज्यको दायित्व भएकामा जोड दिइएको छ ।

पोखरा महानगरपालिका–३० शिशुवास्थित शिशुवा ज्येष्ठ नागरिक समाजको १४औँ वार्षिकोत्सव समारोहका वक्ताहरूले ज्येष्ठ नागरिकहरू समाजको जीवन्त इतिहास भएको बताउँदै उनीहरूका भोगाइ र अनुुभव नयाँ पुस्ताका लागि प्रेरणा हुने बताएका हुन् ।

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल मोहोरियाका अध्यक्ष ऋषिराम जमकट्टेलले सन्तुष्टी र शान्तिपूर्ण जीवन नै ईश्वरीय आत्मप्राप्तिको आधार भएको धारणा राखे ।अस्पतालले ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिँदै आएको जानकारी गराउँदै उहाँले नियमित स्वास्थ्य परीक्षण तथा सेवा लिन आग्रह गरे ।

शिशुवा अस्पतालका अध्यक्ष बाबुराम गिरीले ज्येष्ठ नागरिकको सम्मान र संरक्षणमा राज्यका साथै सबैको सामूहिक प्रयास आवश्यक हुने धारणा राखे । समाजमा संस्थागत रूपमा करिब ३०० को हाराहारीमा ज्येष्ठ नागरिक आबद्ध रहेको उहाँले जानकारी दिए। भजन, चुट्का तथा सांस्कृतिक कार्यक्रममार्फत आफ्नो परम्परा र संस्कार जोगाउने दायित्व ज्येष्ठ नागरिकको भएको बताउँदै उहाँले संस्कार संरक्षण केवल विगतको सम्झना नभई भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने साझा जिम्मेवारी भएकामा जोड दिए ।

पोखरा महानगरपालिका–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले समाजका संस्थापक टीकाराम वास्तोलालाई धन्यवाद दिँदै ज्येष्ठ नागरिक समाजको निरन्तरताले सामाजिक एकता मजबुत बनेको धारणा राखे।

पत्रकार कविराज खनालले ज्येष्ठ नागरिक समाजका अगुवा भएकाले उनीहरुको दुःखसुखमा साथ दिन सबैमा आग्रह गरे ।

उक्त अवसरमा संस्थाको हित र विकासमा योगदान पु-याउने दामोदर लामिछाने, कृष्णप्रसाद ढुङ्गाना, बलराम थापा, सुरेन्द्र अधिकारी तथा कृष्णप्रसाद लामिछानेलाई सम्मान गरिएको थियो ।


Discover more from Nepalpulse

Subscribe to get the latest posts sent to your email.

You may also like

Leave a Reply

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .