एजेन्सी । मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले भेनेजुएलामा बढ्दो तनावपूर्ण स्थितिको बारेमा चिन्ता व्यक्त गरेको छ ।
अमेरिकाले हालै गरेको सैन्य अपरेशनको परिणामस्वरूप भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई गिरफ्तारी गरी देश निकाला गरिएको छ । संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कका प्रवक्ता रविना शामदासानीले पत्रकार सम्मेलनमा सैन्य कारबाहीले “अन्तर्राष्ट्रिय कानूनका साथै संयुक्त राष्ट्रको बडापत्रको उल्लङ्घन” गरेको बताए।
भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीले “विश्वभरिका सबै राज्यहरूलाई आफू असुरक्षित भएको महसुस गराएको“ बताउँदै उनले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी एकपक्षीय सैन्य हस्तक्षेपद्वारा जवाफदेहिता हासिल गर्न नसकिने बताए ।
भेनेजुएलाको भविष्य “भेनेजुएलाका जनताको आत्मनिर्णयको अधिकार, आफ्नो जीवन र स्रोतमाथि सार्वभौमसत्ता लगायत मानव अधिकारको पूर्ण सम्मानका साथ निर्धारण गरिनु पर्ने शामदासानीले बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलाको राजधानी काराकाससहित देशका प्रमुख स्थलहरूलाई लक्षित गरी ठूलो मात्रामा सैन्य आक्रमण गरेकाे जानकारी दिएका थिए।
अपरेशनको परिणामस्वरूप भेनेजुएलाका राष्ट्रपति र उनकी श्रीमतीको गिरफ्तारी गरी अमेरिकी अदालतमा मुद्दा चलाउन अमेरिकामा स्थानान्तरण गरिएको छ ।
Discover more from Nepalpulse
Subscribe to get the latest posts sent to your email.