Home राजनीति चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

by नेपाल पल्स
0 comments

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिका छन् ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवार बन्दै छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ र सोही पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार दिएका छन् ।

यसअघि २०७९ को आमनिर्वाचनमा एमाले अध्यक्ष ओली झापा–५, नेकपाका संयोजक दाहाल गोरखा–२, सहसंयोजक नेपाल रौतहट–१ बाट निर्वाचित भएका थियो । सो निर्वाचनमा पूर्वप्रधानमन्त्री डा भट्टराईले नेकपाका संयोजक दाहाललाई सहयोग गरेका थिए ।

विसं २०४८ सालको निर्वाचनपछि लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आउनुभएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने यसपटकको निर्वाचनमा उम्मेदवार भएनन् । पार्टीको विशेष महाधिवेशनका विषयमा उत्पन्न परिस्थितिका कारण उनी यसपटक चुनावी मैदानबाट बाहिरिएका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ आज मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमै उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।


Discover more from Nepalpulse

Subscribe to get the latest posts sent to your email.

You may also like

Leave a Reply

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .