Home अर्थ नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो

नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो

by नेपाल पल्स
0 comments

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६३५ दशमलव ९५ को बिन्दुमा कायम भएको छ ।

आज ३२३ कम्पनीको एक करोड छ लाख ३३ हजार ७१७ कित्ता शेयर ७२ हजार ४७४ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १७ करोड ५० लाख ९१ हजार ९९१ दशमलव ६० को कारोबार भएको छ ।

आजको कारोबारमा वित्त र व्यापार समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

आज सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेडकाे ६ दशमलव शून्य आठ प्रतिशतले बढेको छ भने सबभन्दा बढी एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्य आठ दशमलव ४५ प्रतिशतले घटेको छ ।


Discover more from Nepalpulse

Subscribe to get the latest posts sent to your email.

You may also like

Leave a Reply

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .