Home मनाेरञ्जन मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

by नेपाल पल्स
0 comments

काठमाडौँ । मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएका छन् ।

आज काठमाडौंको टुँडिखेलमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा मगर समुदायले आपसमा शुभकामना आदान प्रदान गरे । नेपाल मगर सङ्घ केन्द्रीय कार्यसमितिले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मगर जातिको मौलिक संस्कृति झल्किने नाच, वेशभूषा, खानपान तथा परम्परागत खेलहरू प्रदर्शन गरिएको थियो ।

मगर जातिको राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको माघे सङ्क्रान्ति समुदायको पहिचान र परम्परालाई उजागर गर्ने पर्वका रूपमा लिइन्छ । सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले माघे सङ्क्रान्तिलाई राष्ट्रिय पर्वको रूपमा सार्वजनिक बिदा दिएपछि समावेशी लोकतन्त्रको केही अंश भए पनि प्रत्याभूत भएको बता । उनकाअनुसार यस पर्वले मगर जातिको पहिचान, सांस्कृतिक सहभागिता, सामाजिक सद्भाव तथा सामुदायिक मानवअधिकार प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ ।

कुल पितृको सम्झनामा आज खिचडी, फलफूल तथा फूलपत्रले पूजाआजा गरिने परम्परा छ । यस अवसरमा छोरीचेलीलाई टीका टालो र मिष्ठान भोजन (खिचडी, घ्यू, तरुल, अदुवा, सेलरोटी, बारा , बटुक, गुड आदि) दान गरी विशेष सम्मानका साथ पुजिने चलन रहेको छ ।

आजै बिहान रत्नपार्कस्थित शान्ति बाटिकाबाट टुँडिखेलसम्म मौलिक झाँकीसहितको र्यालीसमेत आयोजना गरिएको थियो । र्याली तथा सांस्कृतिक कार्यक्रमले मगर समुदायको मौलिक पहिचान र सांस्कृतिक सम्पदालाई काठमाडौँमा उजागर गरेको सहभागीहरूको भनाइ छ । तस्विर : रासस

माघे सङ्क्रान्तिका अवसरमा बिहीबार नेपाल मगर सङ्घ जिल्ला कार्य समिति लमजुङद्वारा बेँसीसहर नगरपालिका(२ नरुवालमा आयोजित र्‍यालीमा सहभागी मगर समुदाय लगायत । तस्बिरः जनक श्रेष्ठ/रासस
माघे सङ्क्रान्तिका अवसरमा काठमाडौँको टुँडिखेलमा आज आयोजित कार्यक्रममा परम्परागत भेषभूषामा सजिएर सहभागी भएका मगर समुदाय। तस्बिरः रत्न श्रेष्ठ/रासस
माघे सङ्क्रान्तिका अवसरमा काठमाडौँको टुँडिखेलमा आज आयोजित कार्यक्रममा परम्परागत भेषभूषामा सजिएर सहभागी भएका मगर समुदाय। तस्बिरः रत्न श्रेष्ठ/रासस

Discover more from Nepalpulse

Subscribe to get the latest posts sent to your email.

You may also like

Leave a Reply

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .