Home मनाेरञ्जन गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला आयोजना हुने

गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला आयोजना हुने

by नेपाल पल्स
0 comments

कैलाली । कैलालीको प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला २०८२ आयोजना हुने भएको छ ।

देवभूमि प्रवेशद्वारका रूपमा परिचित गोदावरी नगरपालिका-४ स्थित धाममा बुधबार लघुकुम्भका रूपमा आयोजना हुँदै आएको बाह्रराशि दर्शन मकर मेला आयोजना हुने गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

मकर मेलाको बुधबार दिउँसो १ः०० बजे धार्मिक विधि – विधानअनुसार विशेष पूजाआजासहित मेला शुभारम्भ गरिने उनले जानकारी दिए । माघ १२ गतेसम्म सञ्चालन हुने मेलामा पाँचवटा पुराण वाचन, ग्रह शान्ति, लक्षहवन, योग–ध्यान, भजनकीर्तन तथा धार्मिक प्रवचनजस्ता विविध धार्मिक कार्यक्रमहरू आयोजना गरिने अध्यक्ष जोशीले बताए ।

मेलाको शुभारम्भ कार्यक्रममा सन्त – महन्त, आचार्य, धार्मिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूका साथै श्रद्धालुहरूको सहभागिता रहने उनले बताए।

धार्मिक अनुष्ठान अवधिभर देशभरका श्रद्धालु, विभिन्न सामाजिक र धार्मिक सङ्घसंस्थाको सहभागिताका लागि निम्ता तथा आवश्यक प्रचारप्रसार भइरहेको विकास समितिले जनाइएको छ ।


Discover more from Nepalpulse

Subscribe to get the latest posts sent to your email.

You may also like

Leave a Reply

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .