Home खेल युक्रेनका लागि टी–सर्ट : अस्ट्रेलियन ओपनमा खेलाडीको देश र बुबाप्रति भावुक सम्मान

युक्रेनका लागि टी–सर्ट : अस्ट्रेलियन ओपनमा खेलाडीको देश र बुबाप्रति भावुक सम्मान

by नेपाल पल्स
0 comments

एजेन्सी । अलि फरक खेल शैली र अझै अनौठा शारीरिक कला (ट्याटु) का कारण चर्चामा रहेकी युक्रेनी खेलाडी ओलेक्सान्ड्रा ओलिनिकोभा मङ्गलबार अस्ट्रेलियन ओपनमा डिफेन्डिङ च्याम्पियन म्याडिसन किजसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएकी छन् ।तर हारसँगै उनले दिएको सन्देश भने खेलभन्दा पनि गहिरो र भावुक रह्याे।

म्याचपछिको पत्रकार सम्मेलनमा ओलिनिकोभाले लगाएको टी–सर्टमा युक्रेनी सेनामा रहेका एक सैनिककी छोरीद्वारा लेखिएको सन्देश उल्लेख थियो, जसमा भनिएको थियो, “मलाई युक्रेनी महिला र बालबालिकाको सुरक्षाका लागि तपाईंहरूको सहयोग चाहिन्छ, तर म यहाँ यसबारे खुलेर कुरा गर्न सक्दिनँ ।” ग्रान्ड स्लाम प्रतियोगिताका निर्देशिकाले प्रतिस्पर्धा स्थललाई राजनीतिक अभिव्यक्तिका लागि प्रयोग गर्न नदिने भएकाले उनले आफ्नो भावना व्यक्त गर्ने वैकल्पिक माध्यम रोजेकि हुन ।

रोड लेभर एरेनामा पहिलो चरणको खेलमा किजसँग ७–६ (६), ६–१ ले पराजित भए पनि ओलिनिकोभाले आफ्नो उपस्थितिलाई स्मरणीय बनाए ।खेलपछि उनले युक्रेनी झण्डा फहराउँदै दर्शकको ताली र समर्थन स्वीकार गरिन । किजले समेत उनको प्रशंसा गर्दै हस्ताक्षर दिएका थिए।

नवौँ वरीयताकी किज पहिलो सेटमा ४–० ले पछि परेकि थिइन् । ओलिनिकोभाको अपरम्परागत खेल शैली, विशेष गरी उच्च लोब सट (मूनबल) हरूका कारण किजलाई आधाररेखाभन्दा निकै पछाडि खेल्न बाध्य हुनुपरेको थियो । तर दोस्रो सेटमा अनुभव र लय सम्हाल्दै किजले खेल आफ्नो पक्षमा पारे ।

ओलिनिकोभाका अनुहार र शरीरमा देखिएका ट्याटुहरूबारे पनि चर्चा भयो । उनले धेरैजसो ट्याटु अस्थायी भएको र सजिलै हटाउन मिल्ने बताइन् । साथै, आफ्नो खेल शैलीले उच्चस्तरीय खेलाडीलाई पनि असहज बनाउन सक्ने उनको विश्वास छ ।

“मैले प्रोफेसनल करियर सुरु गर्दा म शीर्ष एक हजार, ५००, ३०० वा १०० भित्र पुग्न सक्दिनँ भनेर धेरैले भने”, विश्व वरियतामा ९२औँ स्थानमा रहनुभएकी ओलिनिकोभाले भनिन, उनीहरूले मेरो खेल शैलीले प्रगति सम्भव छैन भने । तर मेरो सोच भने कोर्टमा आफ्ना ‘अनौठा’ शैली प्रयोग गर्दै पनि उत्कृष्ट खेलाडी बन्ने हो । आज मैले देखाएँ कि विश्वका उत्कृष्ट खेलाडीहरूका लागि पनि यो शैली असहज हुन सक्छ ।

” पत्रकार सम्मेलनमा उनले युक्रेन र आफ्नो परिवारसँगको भावनात्मक सम्बन्धलाई अझ स्पष्ट रूपमा प्रस्तुत गरिन् । टी–सर्टमार्फत उनले सेनामा कार्यरत आफ्नो बुबाप्रति सम्मान र गर्व व्यक्त गरिन्।

‘उहाँ मेरो बाल्यकालदेखि नै सबैभन्दा ठूलो समर्थक हुनुहुन्छ’, ओलिनिकोभाले भनीन्, “म उहाँमाथि अत्यन्त गर्व गर्छु । उहाँ सेनामा सामेल भएपछि मेरो करियरमा ठूलो प्रेरणा मिल्यो र मैले २०० भन्दा बढी स्थान सुधार गरेँ । उहाँको सपना मलाई यो कोर्टमा देख्नु थियो र म उहाँलाई गर्व गराउन सबै गर्नेछु” ।

” हार भए पनि उनका लागि दिनको सबैभन्दा भावुक क्षण खेलपछि आयो । टाढाबाट बुबाले पठाएकाे सन्देश सम्झिँदै उनले भनिन्, “उहाँले मलाई यो अद्भुत खेल भएको बताउनुभयो र मैले उहाँको सपना साकार गरेको भने । यी भावनालाई शब्दमा व्यक्त गर्न गाह्रो छ । यस्तो अवस्थामा जीवनका प्राथमिकता झन् स्पष्ट हुन्छन् र म उहाँलाई अझ गर्व गराउन निरन्तर प्रयास गर्नेछु ।”


Discover more from Nepalpulse

Subscribe to get the latest posts sent to your email.

You may also like

Leave a Reply

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .