Home राजनीति विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन

विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन

by नेपाल पल्स
0 comments

२५ पुस, काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहालको गएराति निधन भएपछि कांग्रेस विशेष महाधिवेशनले आज हुने सबै कार्यक्रम स्थगित गरेको हो ।

विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा र्याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिए ।

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज तय भएका सबै कार्यक्रम स्थगित भएको जानकारी दीए।

भोलि पुस २७ गते तय भएका कार्यक्रम भने यथावत रहेको नेता आचार्यले बताए । भोलि भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन उद्घाटन हुँदैछ ।


Discover more from Nepalpulse

Subscribe to get the latest posts sent to your email.

You may also like

Leave a Reply

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .