काठमाडौं- सरकार र नेपाल उद्योग वाणिज्य महासंघले सुझाएको मध्यमार्गलाई स्वीकार गर्दै रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणलाई विवादित डेडिकेटेड ट्रंकलाइन महसुलको धरौटी रकम बुझाएको छ।
कम्पनीले बिहीबार २ करोड ७५ लाख रुपैयाँ धरौटीबापत जम्मा गरेको जनाएको छ। कम्पनीले धरौटीसहित प्राधिकरणलाई पठाएको पत्रमा यसअघि प्रशासकीय पुनरावलोकन दर्ता गर्दा विवादित रकमको ५ प्रतिशत बराबरको बैंक जमानत बुझाइसकेको उल्लेख गर्दै थप धरौटी रकम बाध्यात्मक परिस्थितिमा बुझाएको भनेको छ।
रिलायन्सले २०७२ माघदेखि २०७५ बैशाखसम्मको अवधि विवादित रहेको भन्दै आफूले निरन्तर र निर्वाध विद्युत आपूर्ति पाएको र लोडसेडिङ अन्तर्गत मात्र रहेको कारणले बक्यौता बुझाउन कुनै दायित्व नभएको दाबी गर्दै जेठ २६ गते प्राधिकरणको प्रशासकीय पुनरावलोकन समितिसमक्ष निवेदन दिएको थियो।
Discover more from Nepalpulse
Subscribe to get the latest posts sent to your email.