Home समाचार फिटकिरीले हट्छ अनुहारको दाग, यसरी गर्नुहोस् प्रयोग

फिटकिरीले हट्छ अनुहारको दाग, यसरी गर्नुहोस् प्रयोग

महँगो क्रिम र उपचारमा खर्च गर्नु अघि किन पुरानो र प्रभावकारी घरेलु उपचार प्रयोग नगर्ने ?

by नेपाल पल्स
0 comments 2 minutes read

काठमाडौं । छाला सफा, दागरहित र चम्किलो हुँदा मात्रै अनुहारको सौन्दर्य चम्किलो हुन्छ तर प्रदूषण, घाम, हर्मोनल परिवर्तन र छाला हेरचाहको गलत बानीका कारण अनुहारमा दाग र पिग्मेन्टेसनको समस्या सामान्य बन्दै गएको छ ।

महँगो क्रिम र उपचारमा खर्च गर्नु अघि किन पुरानो र प्रभावकारी घरेलु उपचार प्रयोग नगर्ने ? यो साधारण सेतो क्रिस्टल जस्तो देखिने चीजले छाला सफा मात्र गर्दैन् तर दागलाई बिस्तारै हल्का बनाउँछ।

फिटकिरीमा प्राकृतिक एन्टिब्याक्टेरियल र एस्ट्रिजेन्ट गुण हुन्छ । यसले छालालाई गहिरो रूपमा सफा गर्छ, मृत कोशिकाहरू हटाउँछ, छिद्रहरू कम गर्छ र छालालाई टोन दिन्छ। यसको प्रयोगले छालामा जम्मा भएको फोहोर, तेल र ब्याक्टेरिया कम हुन्छ, जसले गर्दा नयाँ दागहरू बन्ने सम्भावना कम हुन्छ।

फिटकिरी र पानी

  • एक गिलास पानीमा फिटकरीको सानो टुक्रा हालेर २–३ घण्टासम्म छोड्नु होस्।
  • यो पानीलाई कपासको सहयोगले अनुहारमा लगाउनुहोस्
  • १० मिनेटपछि सादा पानीले धुनुहोस्
  • हप्तामा दुई पटक प्रयोग गर्नुहोस्

फिटकिरी र गुलाब जल

  • एक चम्चा गुलाबजलमा फिटकरीको धूलो मिसाएर पेस्ट बनाउनुहोस्।
  • यसलाई दाग भएको ठाउँमा लगाउनुहोस्
  • र, १५ मिनेट पछि धुनुहोस्
  • यसले छालालाई टोन र उज्यालो बनाउँछ

फिटकिरी र कागती

  • आधा चम्चा फिटकिरी पाउडरमा केही थोपा कागतीको रस मिलाउनुहोस्।
  • दाग भएको ठाउँहरूमा लगाउनुहोस् र १० मिनेटको लागि छोड्नुहोस्
  • चिसो पानीसँग धुनुहोस्
  • यसले पिग्मेन्टेसन र कालो धब्बाहरूलाई हल्का बनाउँछ

फिटकिरी प्रयोग गर्दा सावधानीहरू

-फिटकिरीलाई सीधै छालामा लामो समयसम्म नराख्नुहोस्, यसले जलन हुन सक्छ
-संवेदनशील छाला भएकाहरूले प्याच टेस्ट गर्नु महत्त्वपूर्ण छ

  • फिटकिरीले अनुहारको दाग हटाउनुहोस्, गर्नुहोस् यसरी प्रयोगखा वरिपरि फिटकिरी प्रयोग नगर्नुहोस्
  • हप्तामा २–३ पटक भन्दा बढी प्रयोग नगर्नुहोस् 

फिटकिरी अनुहारको दाग हटाउन सस्तो, प्राकृतिक र प्रभावकारी उपाय हो। यदी सही र नियमित रूपमा प्रयोग गरियो भने छाला केही हप्ता भित्रै सफा र चम्किलो देखिन थाल्छ। महँगो सौन्दर्य उत्पादनहरू अघि यो घरेलु उपाय अवश्य प्रयोग गर्नुहोस्।


Discover more from Nepalpulse

Subscribe to get the latest posts sent to your email.

You may also like

Leave a Reply

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .